नियम ३४
मिनाहा गर्न सक्ने
(१) सङ्कलन भई घाटगद्दीमा रहेको काठ, दाउरा आगलागी वा बाढी पहिरो वा कुनै प्राकृतिक विपद्को कारणले हानीनोक्सानी हुन गएमा नेपाल सरकारले मिनाहा गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिमको मिनाहाको लागि नेपाल सरकार समक्ष पेस गर्नका लागि डिभिजनल वन अधिकृतले देहाय बमोजिमका कागजात संलग्न गरी: निर्देशनालय मार्फत विभागमा पेस गर्नु पर्नेछ र विभागले आफ्नो राय सहित मन्त्रालयमा पेस गर्नु पर्नेछ:-

(क) घटनाको प्रहरी प्रतिवेदन, (ख) जिल्ला विपद्‌ व्यवस्थापन समितिको सिफारिस, (ग) प्रदेश सरकारको सिफारिस सहितको निर्णय।